केन्द्रीय कारागारको भद्र बन्दीगृहबाट भागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू फर्किने सन्देश पठाएका छन्।
कारागार स्रोतका अनुसार उनले कसैमार्फत आफू फर्किने सन्देश पठाएका हुन्।
‘सन्देश पठाएका छन्। अब वातावारण पनि बनाउँदैछन्,’ स्रोतले भन्यो।
कारागारबाट उनीसहित हजारौं कैदीबन्दी फरार छन्। एक/डेढ सय कैदीबन्दीहरू फर्किएका छन्।
उक्त कारागारबाट पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुन तस्करीका नाइके गोरे भनिने चुडामणि उप्रेती लगायत पनि फरार छन्। पाण्डेले पनि फर्किने सन्देश पठाएका छन्।