नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको नयाँ बानेश्वरमा आज प्रदर्शन गरेको छ।
संविधान रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सार्वजनिक गरिनुपर्ने र सर्वपक्षीय बैठकको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो।
नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाललगायतले 'राष्ट्रपतिको अवस्था सार्वजनिक गर' लगायत लेखिएको प्लाकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

जेनजीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।
अन्तरिम सरकार बनाउनेबारे नेपाली सेनाकहाँ छलफल भए पनि निष्कर्ष निस्किसकेको अवस्था छैन।