प्रदर्शनकारीले मंगलबार दिनभर गरेको आगजनीका कारण पोखराका सबैजसो सरकारी कार्यालय खाक बनेका छन्।
गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेश सरकारका सबैजसो मन्त्रालय, उच्च अदालत पोखरा, जिल्ला अदालत, पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत संरचनाहरू ध्वस्त भएका छन्।
प्रदर्शनकारीले लगाएको आगोले सरकारी कार्यालयका सम्पूर्ण कागजात र भौतिक संरचना जलेर नष्ट भएका छन्।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले हस्तलिखित अपिल जारी गर्दै सर्वसाधारणलाई संयम हुन आग्रह गरेकी छिन्।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन, भीडभाड नगर्न र कुनै पनि शंकास्पद वा अराजक गतिविधि भए सुरक्षा निकायमा सम्पर्क गर्न पनि आग्रह गरेकी छिन्।


















