मंगलबार काठमाडौंमा बिहानैदेखि आन्दोलन सुरू भएको थियो।
सोमबारको आन्दोलनमा डेढ दर्जन बढी युवाहरूको ज्यान गएपछि मंगलबार आन्दोलन थप चर्कियो।
बिस्तारै दिउँसोसम्म राजनीतिक दलका शीर्ष नेताहरूको घरदेखि विभिन्न संवैधानिक निकाय, सरकारी कार्यालय, निजी व्यावसायिक भवनहरूसम्म आगजनी र लुटपाट भएको छ।
यस्ता गतिविधि मंगलबार अबेर रातिसम्म पनि रोकिएका थिएनन्। मंगलबार बेलुकी १० बजेदेखि भने देशमा शान्ति, सुरक्षा कायम गर्न सेना परिचालन भएको छ।
तस्बिरमा हेर्नुस् दिनभर काठमाडौं उपत्यका भएको आन्दोलनको झलक। तस्बिर: नेपाल फोटो लाइब्रेरी































