जिल्ला कारागार कास्की पुगेर आन्दोलनकारीले कारागारमा रहेका सबै कैदीबन्दीलाई निकालेका छन्।
विभिन्न अपराधमा कैद सजाय भोगिरहेका ३५ जना महिलासहित ७७३ जनालाई उनीहरूले बाहिर निकालेका हुन्।
कारागार प्रशासन प्रमुख राजेन्द्र शर्माका अनुसार आन्दोलनकारीको भिड मंगलबार साँझ कारागार पुगेर ताला खोल्न बाध्य पारेका थिए।
कारागारमा आगो लगाउने र तोडफोड गर्न खोजेपछि कारागारको चाबी खोल्न बाध्य भएको शर्माले बताए।
‘आन्दोलनकारी आएर कारागार खोल्न बाध्य पारे। कारागार खोलेपछि सबै कैदीबन्दी भागेका छन्,’ उनले भने।