प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन्।
उनले जेनजी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन्।
उनले शान्ति सुरक्षा कायम गर्नका लागि सबै नागरिक समक्ष अपिल समेत गर्ने भएको उच्च स्रोतले बतायो।
सेनापति सिग्देलले कुन माध्यमबाट बोल्ने भन्नेबारे थप जानकारी दिइने जनाइएको छ।