नेपाली कांग्रेसबाट युवा तथा खेलकुद मन्त्री भएका तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन्।
चौधरीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका हुन्।
‘पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै मैले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको छु,’ उनले भने।
यसअघि कांग्रेसबाट मन्त्री भएका स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिइसकेका छन्।