माओवादी केन्द्रको पदाधिकारी बैठक आजै बस्न लागेको छ।
सोमबार गोरखाबाट फर्किएपछि माओवादी नेताहरूको बैठक बस्न लागेको हो।
'भर्खरै काठमाडौं आइपुग्यौं। केही बेरमै पदाधिकारीक बैठक बस्दैछौं,' उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने।
बैठक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बस्दैछ।
बैठकले सोमबार काठमाडौं लगायत मुख्य मुख्य सहरमा भएको आन्दोलन, त्यसमा सरकारको भूमिकाको विषयमा समीक्षा र निर्णय हुनेछ।
काठमाडौंमा प्रहरीको गोली लागेर जेनजी प्रदर्शनकारीहरूको मृत्यु भएपछि गोरखामै उपलब्ध माओवादी पदाधिकारीको आकस्मिक बैठक बसेको थियो।
माओवादी केन्द्र पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान क्रममा सोमबार नै गोरखा पुगेको थियो।
बैठकबाट अभियान स्थगित गरेर काठमाडौं फर्कने र औपचारिक बैठक बस्ने निर्णय गरेको थियो।