जेनजी प्रदर्शनकारीहरूको प्रदर्शनले झापाको बिर्तामोड पनि तनावग्रस्त बनेको छ।
केहीबेरअघि प्रदर्शनकारीहरूले नगरपालिका कार्यालय तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
नगरपालिका कार्यालय सुरक्षार्थ खटिएका प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको स्थानीयबासीले जानकारी दिएका छन्।
‘नगरको गेटमा आगजनी भएको छ, भवनको सिसाहरू पनि तोडफोड भएका छन्,’ अहिले घटनास्थलमै रहेका स्थानीयबासी विशाल अधिकारीले भने ‘स्थिति तनावग्रस्त छ।’