नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको छ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल हुनेछ।
केन्द्रीय समिति बैठक बस्ने भएपछि नेविसंघ र तरूण दलका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र आमरण अनशन गरेका छन्। महाधिवेशन माग गर्दै तरूण दलको असन्तुष्ट पक्षले आमरण अनशन र नेविसंघको असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन्।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
कांग्रेसले गत वर्ष भदौमा केन्द्रीय समिति बैठक गरेपछि यसबीचका १० महिनासम्म केन्द्रीय समिति राखेको थिएन।
पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग छलफल गरेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिबाट आवश्यक निर्णय लिँदै आएका थिए।
कांग्रेस विधानअनुसार दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्छ।
तस्बिरहरू:
-1751274131.jpg)
-1751274144.jpg)
-1751274144.jpg)
-1751274142.jpg)
-1751274142.jpg)
-1751274140.jpg)
-1751274140.jpg)
-1751274139.jpg)
-1751274139.jpg)
-1751274137.jpg)
-1751274137.jpg)
-1751274136.jpg)
-1751274136.jpg)
-1751274134.jpg)
-1751274134.jpg)
-1751274133.jpg)
-1751274133.jpg)
-1751274132.jpg)
-1751274132.jpg)
-1751274131.jpg)
-1751274131.jpg)