प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधबीच आज पनि प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ।
सरकारले जेठ १५ गते बजेट ल्याएको भए पनि आइतबारदेखि मात्रै संसदमा त्यसमाथिको सामान्य छलफल सुरू भएको थियो।
यसबीचमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै सबै प्रतिपक्षीले बैठक अवरूद्ध गरेको थियो।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने सत्तापक्षसँग दुई बुँदे सहमति गरी बैठक सञ्चालन गर्ने सहमति गरेपछि आइतबारदेखि संसदमा रास्वपा र राप्रपामात्रै विरोधमा छन्।
विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि राप्रपाले बहिष्कार गरेको छ। उसले आइतबार पनि बहिष्कार गरेको थियो।
राप्रपाले बहिष्कार गरे पनि रास्वपा भने वेल घेराउमै छ।
सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेँटी कसेर बसेरै नाराबाजी गरिरहेका छन्। आइतबार पनि यसै गरी नाराबाजी गरेका थिए।
तस्बिरहरू:
-1750060747.jpg)
-1750060747.jpg)
-1750060745.jpg)
-1750060745.jpg)
-1750060743.jpg)
-1750060744.jpg)
-1750060746.jpg)
-1750060741.jpg)
-1750060741.jpg)
-1750060743.jpg)
-1750060743.jpg)
-1750060550.jpg)
-1750060550.jpg)
-1750060549.jpg)
-1750060549.jpg)