प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।
बुधबार अपराह्न प्रतिनिधि सभा बैठक सुरू भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन्।
सदनको गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच पटक पटक संवाद भए पनि सहमतिमा नपुग्दा प्रतिनिधि सभा अवरूद्ध हुँदै आएको छ।
विपक्षी दलका सांसदहरूको अवरोध र नाराबाजीपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो। प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजीसमेत गरेका थिए।
सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर बिहीबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
-1749637405.jpg)
-1749637405.jpg)
-1749637402.jpg)
-1749637402.jpg)
-1749637398.jpg)
-1749637401.jpg)
-1749637401.jpg)
-1749637397.jpg)
-1749637397.jpg)
-1749637394.jpg)
-1749637398.jpg)
-1749637394.jpg)
-1749637398.jpg)
-1749637392.jpg)
-1749637391.jpg)
-1749637393.jpg)
-1749637393.jpg)