नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ।
सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेसपाका तर्फबाट सहध्यक्ष गंगानारायण श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
पूर्वसहमति अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादवपछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन्।
आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका थिए।
ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो।
तस्बिरहरू:
-1748244579.jpg)
-1748244577.jpg)
-1748244573.jpg)
-1748244567.jpg)
-1748244570.jpg)
-1748244569.jpg)
-1748244567.jpg)
-1748244576.jpg)
-1748244576.jpg)
-1748244570.jpg)
-1748244569.jpg)
-1748244567.jpg)
-1748244566.jpg)
-1748244567.jpg)
-1748244573.jpg)