नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ।
सोमबार बिहान ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
बैठक बूढानीलकण्ठस्थित सभापति देउवाकै निवासमा बस्नेछ।
बैठकमा पूर्वपदाधिकारी पनि सहभागी हुनेछन्।
बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा छ।
महामन्त्री गगन थापा संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई हालै निर्देशन दिएको छ।
क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी आएका छन्।
ती उजुरी अनुशासन समितिमा परेका हुन्। केही जिल्लामा विवाद हुँदा क्रियाशील सदस्यता नवीकरणका काम प्रभावितसमेत हुने गरेको छ।
बैठकमा अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।