संघीय लोकतान्त्रिक मोर्चाको बैठकले जनसंख्या मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनुपर्ने निर्णय गरेको छ।
बिहीबार लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले मधेस/तराई लगायत सबै क्षेत्रहरूमा न्यायोचित रूपमा बजेट विनयोजन हुनु पर्ने भनी बैठकले सरकारसँग जोरदार माग गरेको हो।
मधेस जनविद्रोह/आन्दोलन, किरात लिम्बूवान आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाई जेलमा राखिएका बन्दीहरूलाई बिनाशर्त रिहाई गर्न बैठकले माग गरेको लोसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।
आजको बैठकले संसदमा प्रस्तुत भएको भूमि विधेयकको सम्बन्धमा मोर्चाको समस्त धारणा तयार गरी सोही अनुसार प्रस्तुत हुने निर्णय पनि गरेको छ।
त्यस्तै संविधान संशोधनबारे मोर्चाको यथाशीघ्र अवधारणा पत्र तयार गर्न आजको बैठकले सचिवालयलाई निर्देश गरेको छ।
आजको बैठकमा लोसपा अध्यक्ष ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, हृदयेश त्रिपाठी, राम नरेश राय, वृषेश चन्द्र लाल, लालवीर चौधरी, केशव झा, शिवजी राय, शर्वेन्द्रनाथ शुक्ल, अब्दुल खान, अनिल महासेठ, सन्तोष मेहता, मनिष सुमन, ब्रज किशोर सिंह, ज्ञानेन्द्र झा, रामकुमार शर्मा उपस्थित थिए।
