नेकपा (एकीकृत समाजवादी) ले आइतबार सचिवालय बैठक बोलाएको छ।
एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ।
आज बस्ने सचिवालय बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।