राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' ले प्रतिबद्धता सभा गरेको छ।
जगमान गुरूङ संयोजकत्वमा रहेको समितिले बुधबार धुम्बाराहीमा प्रतिबद्धता सभा गरेको हो।
राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' नवराज सुवेदीको संयोजकत्वमा रहे पनि उनले जगमान गुरूङलाई संयोजक तोकेका थिए।
सुवेदीलाई प्रहरीले घरमै निगरानीमा राखेको थियो।
सुवेदीलाई संयोजक तोक्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका प्रमुख केशरबहादुर विष्टले उक्त समितिको सदस्यमा आफू नबस्ने बताएका थिए।
तर बुधबार जगमान गुरूङको नेतृत्वमा आयोजित प्रतिबद्धता सभामा राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका प्रमुख विष्ट लगायत उपस्थित छन्। उनीहरूले कार्यक्रममा बोल्नेछन्।
कार्यक्रमका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि निम्तो गरिएकोमा उनी यो समाचार तयार पार्दासम्म कार्यक्रम स्थलमा पुगेका छैनन्।
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको थियो।
राजसंस्था पुनर्स्थापनाका लागि 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका जनकमाण्डर दुर्गा प्रसाईं चैत १५ गतेदेखि फरार छन्। उनको आह्वानमा तीनकुनेमा चैत १५ गते प्रदर्शन भएको थियो।
'संयुक्त जनआन्दोलन समिति' ले पनि तीनकुने प्रदर्शनलाई समर्थन जनाएको थियो भने 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्रीसमेत रहेका आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा तीनकुने पुगेका थिए।
मिश्र र राणालाई प्रहरीले चैत १५ गते साँझ पक्राउ गरेको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।
तस्बिरहरू:
-ink-1744182168.jpeg)
-ink-1744182168.jpeg)
-ink-1744182168.jpeg)
-ink-1744182167.jpeg)
-ink-1744182167.jpeg)
-ink-1744182167.jpeg)
-ink-1744182168.jpeg)
-ink-1744182167.jpeg)
-ink-1744182166.jpeg)
-ink-1744182165.jpeg)
-ink-1744182165.jpeg)
-ink-1744182166.jpeg)
-ink-1744182165.jpeg)
-ink-1744182165.jpeg)
-ink-1744182164.jpeg)
-ink-1744182164.jpeg)
-ink-1744182163.jpeg)
-ink-1744182163.jpeg)
-ink-1744182162.jpeg)
-ink-1744182162.jpeg)
-ink-1744182162.jpeg)
-ink-1744182161.jpeg)
-ink-1744182161.jpeg)