कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले लगाएको आगो अझै नियन्त्रणमा आएको छैन।
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका थिए। राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका ९ वटा सवारी साधन जलेर नष्ट भएका छन्।
आगो अझै नियन्त्रणमा आएको छैन।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजावादीहरूले प्रदर्शन र सभाको आयोजना गरेका थिए।
तर सभा सुरू हुनुपूर्व नै प्रहरीसँग मुठभेडमा उत्रिएपछि तीनकुने क्षेत्रको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो।
उत्तेजित राजावादीहरूले सञ्चार गृह र निजी घरमा समेत निशाना बनाएका थिए। तीनकुनेको निजी घरमा तोडफोड र आजजनी गरेका राजावादीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टमा समेत तोडफोड र आगजनी गरेका थिए।
त्यसपछि उनीहरूले एकीकृत समाजवादीको मुख्यालयमा समेत आगजनी गरेका थिए।
राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा ४ः२४ बजेदेखि कर्फ्य आदेश जारी गरेको छ।
कर्फ्यु आदेशसँगै नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ।
लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। अहिले नेपाली सेना तीनकुने, जडिबुटी क्षेत्रमा तैनाथ भएको हो।
साँझ ढल्किइसक्दा पनि प्रदर्शनकारी सडकमै छन्। उनीहरूले सरकारी भवन र सवारी साधनलाई निशाना बनाइरहेका छन्।
यसैबीच प्रहरीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। कीर्तिपुरका २६ वर्षीय सविन महर्जनको गोली लागेर मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
तस्बिरहरू:

-1743165946.jpg)
-1743165952.jpg)
-1743165948.jpg)
-1743165948.jpg)
-1743165945.jpg)
-1743165946.jpg)
-1743165946.jpg)
-1743165946.jpg)
-1743165945.jpg)
-1743165945.jpg)