राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली सेनाले सडकमा तैनाथी बढाएको छ।
लुटपाट, आगजनी र तोडफोड रोक्न सेनाले गस्ती गरिरहेको हो। अहिले नेपाली सेना तीनकुने, जडिबुटी क्षेत्रमा तैनाथ भएको छ।
बख्तरबन्द गाडीसहित सेना सडकमा तैनाथ छ भने प्रदर्शनकारी पनि सडकमै छन्। उनीहरूले नाराबाजी पनि गरिरहेका छन्।
राजसंस्था फर्काउने राजावादीको शुक्रबारको प्रदर्शन ध्वंस र हिंसात्मक बनेको छ।
निजी घर, सञ्चार गृह, सरकारी भवन र सवारी साधनलाई समेत निशाना बनाएका राजावादीले कोटेश्वरमा रहेको भाटभटेनीमा लुटपाट नै मच्चाएका छन्।
त्यहाँ रहेका सुरक्षा गार्डलाई हातपात गर्दै भित्र पसेका प्रदर्शनकारीले भुइँतलाबाट सामग्री लुटेका थिए।
केही प्रदर्शनकारीले हातहातमा बियरका सिसी बोकेर हिँडिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ।
भाटभटेनीका सञ्चालकले जानकारी दिएअनुसार त्यहाँ साढे तीन बजेदेखि नै प्रदर्शनकारीले लुटपाट सुरू गरेका थिए। समयमै सुरक्षाकर्मीलाई खबर गरिए पनि आउन ढिलाइ भएपछि प्रदर्शनकारीको मनोबल बढेको र लुटपाट मच्याएको भाटभटेनीले बताएको छ।
त्यहाँ लुटपाटसँगै तोडफोडसमेत गरिएको सञ्चालकले बताएका छन्।
प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरे।
राजावादीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाए। त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलेका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।
पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्।
बालकुमारी पारिपट्टि पनि सवारी साधन जलाइएको प्रहरीले जानकारी दिएको छ।
दुवै गाडीको नम्बर खुल्न सकेको छैन। पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड भएको छ।
हिंसात्मक प्रदर्शन गर्दै हिँडेका राजावादीले शुक्रबार अपराह्न एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए।
राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा अहिले ४ः२५ बजेदेखि राति १० बजेसम्म कर्फ्य आदेश जारी गरेको छ।
तस्बिरहरू:
-1743164107.jpg)
-1743164105.jpg)
-1743164106.jpg)
-1743164106.jpg)
-1743164106.jpg)
-1743164105.jpg)
-1743164105.jpg)
-1743164104.jpg)
-1743164104.jpg)
-1743164102.jpg)
-1743164102.jpg)
-1743164101.jpg)
-1743164101.jpg)
-1743164100.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी