प्रतिनिधि सभाअन्तर्गत तीन समितिको बैठक मंगलबार बस्दैछ।
बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल हुनेछ।
बिहान साढे ११ बजे नै अर्थ समितिको बैठक बस्दैछ।
यस बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
आजै संघीय संसद, सार्वजनिक लेखा समितिको ३९ औं बैठक बस्दैछ। दिउँसो तीन बजे सिंहदरबारमा बस्ने बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्ग लगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची छ।