विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी स्ववियु अध्यक्षमा निर्वाचित भएका छन्।
महेन्द्र मोरङको स्ववियु अध्यक्षमा क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका हुन्।
यादवले १११८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसनिकट नेविसंघका प्रज्ज्वल विष्ट (हाक्कु)ले १०७५ मत प्राप्त गरे। नेकपा (एमाले) निकट अनेरास्ववियुका अनीश बोगटीले २३२ मत ल्याए। अध्यक्ष पदमा स्वतन्त्रसहित ७ उम्मेदवार प्रतिस्पर्धामा थिए।
सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर निर्वाचित भइन्। कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ सदस्य एक पदमा क्रान्तिकारी निर्वाचित भएको छ। बाँकी सदस्य पदमा नेविसंघ विजयी भएको छ।