धौलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी आस्मीन शेख निर्वाचित भएकी छन्। संयुक्त अखिलका तर्फबाट उम्मेदवार बनेकी उनले ५५२ मत ल्याइन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसनिकट नेविसंघकी सृष्टि आचार्यले ४९१ मत ल्याइन्।
सचिव पदमा नेविसंघका सचिन हरिजन निर्वाचित भए। उनले ५३४ मत ल्याउँदा अखिल संयुक्तबाट उम्मेदवार बनेका रुद्रबहादुर पुनले ५०९ मत ल्याए।
कोषाध्यक्षमा पनि नेविसंघका विशाल थापा निर्वाचित भए। उनले ६५४ मत ल्याएका थिए भने अखिल संयुक्तबाट उम्मेदवार बनेकी रेखा शर्माले ३८४ मत ल्याइन्।
साविक धौलागिरि अञ्चलको त्रिवि अन्तर्गतको एक मात्र आंगिक क्याम्पसमा मुस्लिम महिला अध्यक्ष बनेकी छिन्। त्यहाँ नेविसंघविरूद्ध अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौंले गठबन्धन गरेर चुनाव लडेका थिए।