मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक केही बेरअघि सुरू भएको हो।
आज बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए। प्रहरी महानिरीक्षक बसन्त कुँवर आजै बिदाइ भएका छन्।
महानिरीक्षक बन्न एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।
त्यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख नियुक्त गर्ने सम्भावना रहेको ती मन्त्रीले बताए।
प्राधिकरण प्रमुखका लागि दिनेशकुमार भट्ट, सुमन कर्ण र मन्दीप सुवेदी अन्तिम सूचीमा छन्। यसैमध्येबाट एक जना प्रमुख नियुक्त हुनेछन्।