संसदको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको छ।
३७ औं बैठक भोलि बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जानकारी दिएको हो।
बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुने सचिवालयले बताएको छ।
त्यस्तै उजुरी अध्ययन तथा विविध प्रस्तावमाथि छलफल हुने उपसचिव लक्ष्मीप्रसाद ओझाले बताए।