नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
चैत ४ सोमबार सचिवालय बैठक बोलाइएको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन्।
उनकाअनुसार सचिवालय बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ।
‘सचिवालय बैठक सोमबार बोलाइएको छ, बैठकको एजेन्डा (कार्यसूची) भने थाहा छैन,’ उनले भनिन्।