भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस हुने भएको छ।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलहरूको बीचमा बुधबार बस्ने प्रतिनिधि सभामा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएको जानकारी दिए।
‘भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार (फागुन २१) गतेको प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं। सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो,’ उनले भने।