राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन्।
सांसदसमेत रहेका झा केही समय अध्ययन बिदामा थिए। उनी उक्त जिम्मेवारीमा नहुँदा प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोकिएको थियो।
‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु,’ झाले भनेका छन्।