जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।
आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान भएको जनमत पार्टीले बताएको छ।
यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने पनि जनमतले जानकारी दिएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ।
त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ।
मधेस प्रदेश समितिको बैठक पनि पावन मिथिला होटलमै बस्ने पार्टीको केन्द्रीय प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।