नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू हुँदैछ। बैठक केही बेरमा पार्टी कार्यालय आलोकनगरमा बस्ने एकीकृत समाजवादीले जानकारी दिएको छ।
गत पुस ९ र १० गते पार्टीको केन्द्रीय कमिटी बैठक बसकेको थियो।
बैठकले केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरू सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका संगठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।
आज बस्ने बैठकले त्यसबारे छलफल गर्ने पार्टीले जानकारी दिएको छ।