स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौं प्रदर्शन गरेका छन्। बुधबार दिउँसो उनीहरूले माइतीघरमा थाल बजाएर प्रदर्शन गरेका हुन्।
सरकारसँग तीन बुँदे माग राख्दै उनीहरू आइतबारदेखि माइतीघरमा धर्ना दिँदै आइरहेका छन्।
पुस्तौंदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू सरकारलाई सुनाउन दाङबाट काठमाडौं आएका थिए।
यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्न माग गरेका हुन्।
तस्बिरहरूः
-ink-1738747388.jpeg)
-ink-1738747388.jpeg)
-ink-1738747388.jpeg)
-ink-1738747388.jpeg)
-ink-1738747388.jpeg)
-ink-1738747387.jpeg)
-ink-1738747387.jpeg)
-ink-1738747385.jpeg)
-ink-1738747385.jpeg)
-ink-1738747386.jpeg)
-ink-1738747386.jpeg)
-ink-1738747386.jpeg)