नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले सी व्यापार केन्द्र संचालनमा ल्याएको छ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको समितिले काठमाडौंमा सी व्यापार केन्द्र संचालनमा ल्याएको हो।
काठमाडौंको पासीकोट बुढानिलकण्ठमा उक्त केन्द्र संचालन गरेको हो।
विप्लव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उक्त केन्द्रको उद्घाटन गरेका हुन्। केन्द्रमा घरायसी प्रयोजनका लागि उत्पादित सामग्रीहरू बिक्री गर्न राखिएको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी