माघको मध्य भइसक्दा पनि एक झर पानी परेन। हिउँद याम सुख्खा हुँदा काठमाडौंसहित देशका प्रमुख सहरको वायु अस्वस्थकर बनेको छ।
काठमाडौंको हावा त हानिकारक नै देखिएको छ।
वायुको गुणस्तरबारे तथ्यांक देखाउन वेब पोर्टल आइक्यु एयरकाअनुसार काठमाडौंको हावाको गुणस्तर १९६ रहेको छ। हुन हानिकारक हो। वायु शुद्धता सूचकांकअनुसार ०देखि ५० सम्मको अंकलाई स्वच्छ वायु मानिन्छ। ५१देखि १०० सम्मलाई मध्यम, १०१देखि १५१ सम्मको अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ।
हिउँदमा झरी नपर्दा काठमाडौंसहित सहरको वायु अस्वस्थकर बनेको विज्ञहरूले बताएका छन्। पानी पर्दा, घाम चर्किएर हावा लागेमा वायु प्रदूषण कम हुने विज्ञहरू बताउँछन्।
तस्बिरहरूः