समाजवादी मोर्चाको बैठक सुरू भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो समाजवादी मोर्चाको बैठक बसिरहेको हो।
मोर्चामा माअोवादी केन्द्र, एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी छन्।
जनता समाजवादी पार्टी, नेपाल पनि मोर्चामा आबद्ध भए पनि त्यो पार्टीबाट कुनै पनि नेता बैठकमा सहभागी भएका छैनन्।
मोर्चा केही समयदेखि सक्रिय थिएन।
संसद अधिवेशन नबोलाइ सरकारले अध्यादेशबाटै शासन गर्न थालेको भन्दै समाजवादी मोर्चालाई सक्रिय तुल्याउन थालिएको नेताहरूले बताएका छन्।
आजै ६ विपक्षी दलहरूको बैठक बसेको थियो।
सरकारले संसद अधिवेशन बोलाउन विलम्ब गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय विपक्षी दलहरूको बैठकले गरेको थियो।
तस्बिरहरू:
-1736934276.jpg)
-1736934274.jpg)
-1736934275.jpg)
-1736934277.jpg)
-1736934277.jpg)
-1736934276.jpg)
-1736934275.jpg)
-1736934275.jpg)
-1736934276.jpg)
-1736934277.jpg)
-1736934274.jpg)
-1736934273.jpg)
-1736934273.jpg)