कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ मा सुरु हुने भएको छ।
कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद बैठकले माघ ७ को दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको जानकारी दिए।
मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले हिउँदे अधिवेशनका लागि पुग्दो बिजनेस तयार पारेको जानकारी दिएका छन्।
'राजनीतिक अस्थिरता, चाडपर्वलगायतका कारण राम्रोसँग चल्न नसकेको सभा अब नियमित चल्नेछ,' मुख्यमन्त्रीले भने, 'अब राजनीतिक स्थिरतातिर प्रदेश पनि गएको छ।'