नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विभिन्न विषयलाई लिएर विवाद चुलिँदा एकअर्काविरूद्ध पार्टी अनुशासन समितिमा उजुरी परेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार पार्टीमा उजुरी दिएका थिए भने केन्द्रीय सदस्य प्रेमिका राना मगरले आइतबार पार्टी अनुशासन समितिमा उजुरी दिएकी छन्।
यो पनि: छानबिन र कारबाही माग गर्दै नेविसंघ अध्यक्षले दिए पार्टीमा उजुरी
विभिन्न कार्यक्रममा नाममा चन्दा आतंकको गुनासो आएको भन्दै अध्यक्ष शेर्पामाथि छानबिन गर्न माग गर्दै नेता शेखर कोइरालानिकट नेविसंघले पार्टीमा उजुरी दिएका हुन्।
कोइरालानिकट नेविसंघले कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुंगानालाई भेटेर नेविसंघ अध्यक्षमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएका हुन्।

