नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
काठमाडौंको धुम्बराहीस्थित एक पार्टी प्यालेसमा दिउँसो २ बजेदेखि बैठक सुरू भएको हो।
बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राखेपछि राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।
प्रचण्डले प्रस्तुत गर्ने प्रतिवेदनलाई ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षक दिइएको छ।
केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन्।
पुन: राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ।
तस्बिरहरूः