एमालेले संगठित सदस्यबाट हटाएपछि पूर्व उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेका छन्।
५१ वर्ष एमालेमा सक्रिय रहेपछि सदस्यबाट हटाइएपछि रावलले आफूमाथि भएको कारबाही र आगामी कार्ययोजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन्।
दिउँसो १ बजेपछि सुरू भएको पत्रकार सम्मेलनमा रावलका समर्थकहरू पनि सहभागी छन्।
रावलले नयाँ पार्टी गठन गर्ने तयारी पनि गरेका छन्। उनले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्।
केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका थिए।
रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्।
देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ।
तस्बिहरूः