काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि चाक्सीबारीमा राखिएको छ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पूर्वमेयर सिंहलाई श्रद्धाञ्जलीका लागि राखिएको हो।
उपप्रधानमन्त्री सिंहले भनेका छन्, ‘हाम्रो परिवारको ज्येष्ठ सदस्य, काठमाडौंका पूर्वमेयर तथा पूर्वमन्त्री पिएल दाइको निधनले मर्माहत बनाएको छ। यहाँले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ।’
चाक्सीबारी पुगेर काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्।
साथै नेपाली कांग्रेसका नेता नरहरि आचार्य, जगदीश्वरनरसिंह केसीलगायत पनि चाक्सीबारी पुगेर पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्।
पिएल सिंहकै पालामा काठमाडौं नगरपालिका काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो। प्रजातन्त्र पुन:प्राप्ति पछि २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट सिंह काठमाडौंको मेयर निर्वाचित भएका थिए।
८८ वर्षीय सिंह लामो समयदेखि बिरामी थिए। अल्सरलगायत समस्या देखिएपछि गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो।
पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार महानगरभर शोक बिदा दिएको छ।
पूर्वमेयर सिंहलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पनि श्रद्धाञ्जलीका लागि राखिनेछ। उनको आइतबार नै कंकेश्वरी मन्दिर पारि लखितर्थमा अन्त्येष्टि गरिनेछ।
पूर्वमन्त्री तथा पूर्वमेयर सिंहको निधनपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। सोमबार बिहान ११:३० बजे सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सिंहको निधनमा शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो।
तस्बिरहरू:
-ink-1734326372.jpeg)
-ink-1734326372.jpeg)
-ink-1734326372.jpeg)
-ink-1734326370.jpeg)
-ink-1734326371.jpeg)
-ink-1734326371.jpeg)
-ink-1734326371.jpeg)
-ink-1734326370.jpeg)
-ink-1734326370.jpeg)
-ink-1734326370.jpeg)
-ink-1734326370.jpeg)
-ink-1734326369.jpeg)
-ink-1734326369.jpeg)
-ink-1734326369.jpeg)
-ink-1734326369.jpeg)
-ink-1734326368.jpeg)
-ink-1734326368.jpeg)
-ink-1734326368.jpeg)