जनता समाजवादी पार्टी (जसपा) नेपालका दुइटा जिल्ला समिति पुनर्गठन गरिएका छन्।
कोशी प्रदेशको संखुवासभा र बागमती प्रदेश अन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
'इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय संखुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ,' उनले भने।
गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरू गरेको थियो।
यही मंसिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ।