सभामुख देवराज घिमिरे नेतृत्वको सांसदहरूको टिमले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल नेतृत्वको टिमविरूद्ध १३ गोल हानेको छ।
संसद सेवा दिवसको अवसरमा राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो।
काठमाडौंको भृकुटीमण्डपस्थित गोल्ज फुटसलमा आयोजना भएको प्रतियोगितामा राष्ट्रिय सभाका सांसदहरूले कुनै गोल फर्काउन सकेनन्।
यस्तै कर्मचारीहरूबीच पनि प्रतियोगिता गरेको छ।
तस्बिरहरू: