प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका नेताहरूको बैठक बालुवाटारमा बसेको छ।
मंगलबार साँझपख बैठक सुरू भएको हो।
बैठकमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र कांग्रेस-एमालेका नेताहरू पनि सहभागी छन्।
कांग्रेसबाट महामन्त्री गगन थापा र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा छन् भने एमालेबाट उपमहासचिव विष्णु रिमाललगायत नेताहरू रहेको स्रोतको भनाइ छ।
बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विषयमा कुराकानी भएको स्रोतको भनाइ छ।
परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि मंसिर १४ गते चीन जाने कार्यक्रम छ। (शीर्षक सम्पादन गरिएको)
यो पनि:
जापान जाँदै परराष्ट्र मन्त्री राणा, उतैबाट चीन जाने
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस-एमालेले बनाए संयन्त्र