नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले भुललाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव नृपबहादुर सुनारले जानकारी दिए।
भुल कैलारी गाउँपालिका वडा नम्बर २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएकी थिइन्।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ।
समितिको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन्।