स्वास्थ्य मन्त्रालय आफू मतहत पर्ने जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न समिति गठन भएको छ।
विभाग, केन्द्र, अस्पताल, प्रयोगशालाका जग्गाको संरक्षणका लागि मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन भएको हो।
मन्त्रालयले आफू अन्तर्गतका विभिन्न निकायहरूको नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र मन्त्रालयमा पठाउन समेत पत्राचार गरेको छ।
यस्तै अतिक्रमणमा रहेका वा दुरूपयोग भएको सूचना दिन पनि मन्त्रालयले माग गरेको छ।
‘जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरूपयोग भएको थाहा भएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा वा यस मन्त्रालयका शाखा अधिकृत श्री बद्रीराज ढकालको मोबाइल नं. ९८५१२६४५५५ मा फोन गरी वा यस मन्त्रालयको इमेल ठेगाना info@mohp.gov.np मा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।