संघीय संसदको बर्खे अधिवेशन सुरू भएको छ।
बजेट अधिवेशनका रूपमा समेत चिनिने बर्खे अधिवेशन शुक्रबार सुरू भएको हो। जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
त्यसअघि जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय सरकारले गरेको छ।
तर प्रतिनिधि सभाको यो अधिवेशनको पहिलो बैठक नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि चल्न भने सकेन।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेको छ।
तर सत्ता पक्षीय दलहरू सहमत भएनन्। असहमतिका बीचमा सुरू भएको अधिवेशनको पहिलो बैठकको सुरूआतमै कांग्रेसका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए।
तस्बिरहरू:
-1715338730.jpg)
-1715338729.jpg)
-1715338729.jpg)
-1715338728.jpg)
-1715338728.jpg)
-1715338729.jpg)
-1715338729.jpg)
-1715338728.jpg)
-1715338728.jpg)
-1715338727.jpg)
-1715338727.jpg)
-1715338726.jpg)
-1715338726.jpg)
-1715338726.jpg)
-1715338726.jpg)