राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो।
त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए। त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले जानकारी दिए।
महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए।
'आज उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम थियो। हामीमाथि प्रहरीले लाठी बर्सायो। अहिले मसहित दर्जनौं साथीहरू अस्पतालमा छौं,' महतोले सतोपाटीसँग भने।
-1712394274.jpg)
-1712394272.jpg)
-1712394270.jpg)
-1712394267.jpg)
-1712394265.jpg)
-1712394268.jpg)
-1712394265.jpg)
-1712394277.jpg)
-1712394276.jpg)
-1712394275.jpg)
-1712394271.jpg)
-1712394273.jpg)
-1712394274.jpg)
-1712394271.jpg)
-1712394270.jpg)
-1712394267.jpg)
-1712394268.jpg)
