राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनुअघि मंगलबार बिहान सत्ता गठबन्धन दलका अध्यक्षहरूसहित सांसदहरूले छलफल गरेका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको छलफलमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत उपस्थित छन्।
छलफलमा सत्ता गठबन्धन दलका राष्ट्रिय सभा सांसदहरू पनि सहभागी छन्। सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी केन्द्रका सांसद नारायण दाहाल उम्मेदवार छन्।
दाहाललाई माओवादी, एमाले, जसपा र एकीकृत समाजवादीले साथ छ।
यस्तै नेपाली कांग्रेसबाट सांसद युवराज शर्मा राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार छन्। शर्मालाई लोसपाले पनि साथ दिएको छ। राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।
यस्तै कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्।
तस्बिरहरू:
-ink-1710220987.jpeg)
-ink-1710220987.jpeg)
-ink-1710220986.jpeg)
-ink-1710220986.jpeg)
-ink-1710220986.jpeg)
-ink-1710220986.jpeg)
-ink-1710220985.jpeg)
-ink-1710220985.jpeg)
-ink-1710220984.jpeg)
-ink-1710220984.jpeg)