लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ।
महतोसहितका नेताहरू बुधबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न गएका थिए। उनीहरूलाई प्रहरीले काठमाडौंको भद्रकाली पुगेपछि रोकेको थियो।
निषेधित क्षेत्रतर्फ जान खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। प्रहरीको लाठी प्रहारबाट महतो सहितका अभियानका केही नेताहरू घाइते भएको एक नेताले जानकारी दिए।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले भने अहिलेसम्म कोही नियन्त्रणमा नपरेको र घाइते पनि नभएको बताएका छन्। निषेधित क्षेत्र तोड्ने जुलुसमा सुमन सायमि सहितका नेताहरू पनि पुगेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डल, सिंहदरबार, नयाँ बानेश्वर संसद भवन लगायत अतिविशिष्ठ व्यक्तिहरू बस्ने आसपासका क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ।
महतोले गत फागुन १४ गते लोसपा त्याग गरेका हुन्। उनी लोसपाको वरिष्ठ नेता थिए।
६ महिना नाकाजाम गर्दा पनि मधेसले आफ्ना माग पूरा गराउन नसकेको भन्दै अलग्गै आन्दोलनको घोषणा गरेका छन्।
उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन्।
तस्बिरहरू:



-1709113120.jpeg)
-1709113120.jpeg)
-1709113119.jpeg)
-1709113119.jpeg)
-1709113119.jpeg)
-1709113119.jpeg)
-1709113117.jpeg)
-1709113118.jpeg)
-1709113118.jpeg)
-1709113118.jpeg)
-1709113117.jpeg)
-1709113117.jpeg)
-1709113116.jpeg)
-1709113116.jpeg)
-1709113116.jpeg)
-1709113116.jpeg)
-1709113115.jpeg)
-1709113115.jpeg)
-1709113114.jpeg)
-1709113114.jpeg)
-1709113114.jpeg)
-1709113114.jpeg)