माघ २२ गतेबाट सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वर स्थित संघीय संसद भवन तयारी अवस्थामा राखिएको छ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरिएको छ। संसद बैठक व्यवस्थित रुपमा चलाउनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा रहेका छन्। कार्यव्यवस्था महाशाखाको टोलीले भवनको बैठक कक्ष, अन्य कोठाहरु, सभामुख, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेताको कार्यकक्ष, रेकर्डिङ कक्ष लगायतका निरीक्षण र जाँच गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका थिए।
तस्बिरहरू: