मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पुत्ला जलाएका छन्।
बिहीबार दिउँसो उनीहरूले रत्नपार्कस्थित शान्ति बाटिकामा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि उनीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए।
केहीबेरमा ईन्द्रचोक पुगेर उनीहरूले फेरि अर्को पुत्ला जलाएका थिए।
उनीहरूले मुलुकमा महँगी र भ्रष्टाचार बढे पनि दाहाल नेतृत्वको सरकारले नियन्त्रण गर्न नसकेको भन्दै विरोध गरेका हुन्।
तस्बिरहरू: