ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।
मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा क्षति पुगेको छ।
मन्त्री ज्वालाले सेतोपाटीसँग कुराकानी गर्दै आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।
‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने।
बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।
तस्बिरहरू:
-1703834102.jpg?timestamp=1703835034284)
-1703834101.jpg?timestamp=1703835034284)
-1703834101.jpg?timestamp=1703835034284)
-1703834100.jpg?timestamp=1703835034284)
-1703834100.jpg?timestamp=1703835034284)
-1703834098.jpg?timestamp=1703835034284)
-1703834099.jpg?timestamp=1703835034284)
-1703834097.jpg?timestamp=1703835034284)
-1703834097.jpg?timestamp=1703835034284)
-1703834096.jpg?timestamp=1703835034284)
-1703834096.jpg?timestamp=1703835034284)
-1703834095.jpg?timestamp=1703835034284)
-1703834095.jpg?timestamp=1703835034284)
